अरिंगालले टोक्दा एक युवाको मृत्यु

cp new add
Nisharg hospital
Ban Mantralye

३० असोज, उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिंगालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ ।

साथीसँग बिहीबार गाउँ नजिकैको जङ्गलमा रातको समयमा रुखमा चढेर अरिंगालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिंगालले चिलेर बेहोस भएका जाँते चौलानेका ३४ वर्षीय दिवस राईको शनिबार बिहान मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताए ।

tourism

अरिंगालले चिलेर अन्य चार युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धाबहादुर राईले बताए । अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उनले जानकारी गराए ।

बर्सेनि जाँते नजिकैको पाखाका जङ्गल र चौलानेका जङ्गलमा स्थानीयवासीले अरिंगालको सिकार गर्दै आएका छन् ।

यसपटक पनि कालो अरिंगालको सिकार गर्न गएका दिवशसहितका युवाले अरु सिकारीले छाडेका कालो अरिंगालको गोलो सिकार गर्न लाग्दा पहिल्यै अरिंगालले आक्रमण गरेको धनबहादुरको भनाइ थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...