वृद्धाको हत्या आरोपमा तीन पक्राउ

cp new add
Nisharg hospital

पर्सा । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा ६२ वर्षीया वृद्धाको हत्या गरी घरबाट नगद तथा गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धोबिनी–५ का २६ वर्षीय चन्दनकुमार पटेल तथा १८ वर्षीय राजकपुर भनिने घलथरिया र १८ वर्षीय रामु पासवान छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूमाथि स्थानीय श्रीनिवास साह तुराहाकी पत्नी लखरजिया देवीको हत्या गरी चोरी गरेको आरोप छ ।

प्रहरीका अनुसार असोज ५ गते बिहान करिब ८ बजे लखरजिया देवीलाई घरको दोस्रो तलाको बीचको कोठामा मृत अवस्थामा फेला पारिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा असोज ४ गते राति करिब ३ बजे चन्दनकुमार पटेल, राजकपुर र रामु पासवानले लखरजिया देवीको घरमा चोरी गर्ने योजना बनाएको खुलेको प्रहरीको दाबी छ । उनीहरू घरको पछाडिपट्टिको बाटोबाट माथिल्लो तलामा प्रवेश गरी झ्यालको ग्रिलको ढोका तोडेर घरभित्र पसेका थिए ।

प्रहरीका अनुसार उनीहरूले अर्को कोठामा रहेको टिनको बाकसको ताला फुटाइरहेका बेला तलको तलामा सुतिरहेकी लखरजिया देवीले आवाज सुनेपछि माथि आएर उनीहरूलाई देखेकी थिइन् । त्यसपछि तीनै जनाले उनलाई कर्तव्य गरी हत्या गरेको र घरमा रहेको नगद तथा गरगहना चोरी गरी फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...