विराटनगरले अवैध संरचनामा लगायो डोजर

Nisharg hospital

३० असोज, विराटनगर । विराटनगर महानगरपालिकाले पनि सडक मिचेर बनाइएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ ।

विराटनगर महानगरपालिका–३ स्थित कन्यामार्गमा सडक क्षेत्रभित्र परेको अबैध संरचना हटाउने अभियान सुरु गरेको हो ।

kailali udhog

स्थानीय कृष्ण रेग्मी र लक्ष्मी रेग्मीले कम्पाउण्ड वाल भत्काउन नदिँदा कन्यामार्गमा नाला निर्माणको काम रोकिएको थियो ।

पर्खाल हटाएपछि अब नाला निर्माण गर्ने महानगरले बताएको छ ।
मापदण्डअनुसार सडक निर्माणमा अवरोध भएको स्थानका पर्खाल र संरचना हटाउँदै जाने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

अवैध संरचना हटाउने अभियान सुरु गरेको महानगरले नक्सा पास नगरेका संरचनाको नक्सा स्वीकृत गर्न सूचना पनि जारी गरेको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...