स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढालाई स्वर्ण

Nisharg hospital

३१ असोज, पोखरा । स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । दुर्गाले जितेको स्वर्ण नवौँ राष्ट्रियखेलकुदमा कर्णालीको पहिलो स्वर्ण रहेको हो ।

Navjiwan hospital adv

बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१ः१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुबास कार्कीले ९ मिनेट २२ः१५ सेकेण्डसहित कास्य जिते ।

विजेता बनेपछि प्रतिक्रिया दिंदै उनले स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको बताए । ‘मलाई स्वर्ण जित्छु भन्ने पहिलै थाहा थियो । पोखराको ट्रयाक राम्रो छ । यहाँको फास्ट ट्रयाक छ । जित्छु भन्ने लागेको थियो,’ दुर्गाले भने ।

उनले आफू नेपाली भएको र नेपाली नागरिकता भएकाले नेपालको राष्ट्रिय खेलकुद खेल्न पाउने बताए । ‘म रोजीरोटीका लागि भारत गएको थिएँ । मसँग नेपाली नागरिकता नै छ । मैले भारतको लागि पनि खेलेको थिएँ । उताबाट एनओेसी ल्याएँ भने मैले नेपालका लागि पनि खेल्न पाउँछु ।’

 

याे पनि हेर्नुस्
Loading...