धनगढीमा बेपत्ता बालिका नदीमा मृत फेला

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । धनगढीमा बेपत्ता भएकी बालक मृत भेटिएकी छन् ।

बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ माेहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

tourism

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले रानाकाे शव नदीमा डुबेकाे अवस्थामा फेला परेको बताए ।

निर्वस्त्र अवस्थामा भेटिएको शव भन्दा करीब दुई सय मिटरकाे दूरीमा उनका कपडा भेटिएका छन् । उनकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

परिवारले घटनाकाे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...