
धनगढी । धनगढीस्थित एक्सिसका पूर्व कानून विद्यार्थी जानकी भट्टले सुदूरपश्चिम विश्वविद्यालयद्वारा सञ्चालित स्नातक तहको कानून (बीएएलएलबी) प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरेकी छन्।

सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालन गरेको कानूनमा स्नातक (बीएएलएलबी) प्रवेश परीक्षा–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै भट्टले प्रथम स्थान हासिल गरेकी हुन्।
भट्टको यो सफलता मेहनत, लगनशीलता, अनुशासन र आत्मविश्वासको परिणामका रूपमा लिइएको छ। एक्सिसमा अध्ययनका क्रममा हासिल गरेको ज्ञान, सीप र आत्मविश्वासलाई निरन्तरता दिँदै उनले कानून शिक्षाको क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेकी हुन्।
भट्टको सफलताप्रति एक्सिस परिवारले गर्व व्यक्त गरेको छ। एक्सिसका प्लस टु संयोजक घनश्याम मलासीले भट्टको सफलता संस्था र समग्र एक्सिस परिवारका लागि गौरवको विषय भएको बताए। उनले भट्टलाई बधाई दिँदै आगामी शैक्षिक तथा व्यावसायिक यात्राको सफलताको शुभकामना व्यक्त गरे।
भट्टको यो उपलब्धिले एक्सिसमा अध्ययनरत विद्यार्थी तथा भावी पुस्तालाई समेत मेहनत, अनुशासन र लगनशीलताका साथ आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरणा मिल्ने एक्सिसले जनाएको छ।
सुदूरपश्चिम विश्वविद्यालयको बीएएलएलबी प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरेकोमा भट्टलाई एक्सिस परिवारले बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएको छ।

