press
po

पूर्वराजा ज्ञानेन्द्रले यसपाली सर्वसाधारणलाई टीका–जमरा नलगाउने

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका अवसरमा यो वर्षको टीका तथा जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् ।

sanjiwan
Nisharg

आइतबार दसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आफूले पारिवारिक र सांस्कृतिक रूपमा मात्र यो वर्षको दसैँ मनाउने प्रस्ट पारेका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौँ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।’

HAMRO DAIRY

पूर्वराजा शाहले सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै रहेको प्रस्ट पार्दै हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी रहेको जनाएका छन् ।

विकसित बन्दै गएको आधुनिक प्रविधी र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्ने पूर्वराजा शाहको भनाइ छ । भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिँदै आएको राष्ट्रिय समाजको संरचनालाई अँगाल्नु पर्नेमा पनि उनले जोड दिएका छन् ।

नवदुर्गा भवानीले हामीलाई दिव्यपथतर्फ अग्रसर राखुन् भन्ने कामनासमेत उनले गरेका छन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...