युक्रेनको राजधानी किभमा ड्रोनमार्फत रुसी हमला

Nisharg hospital

३१ असोज, युक्रेन । युक्रेनको राजधानी किभमा ड्रोनबाट हमला भएको युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ एन्ड्रिया यरमार्कले बताएका छन् ।

Navjiwan hospital adv

राजधानीको मध्य शेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोटहरू सुनिएको बताइएको छ । विस्फोटको युक्रेनले निन्दा गरेको छ । ‘रुसीहरूले सोच्छन् कि यसले उनीहरूलाई मद्दत गर्नेछ, तर विस्फोटले उनीहरूको हतास मानसिकता देखाउँछ’, उनले सामाजिक सञ्जालमा लेखका छन् ।

स्थानीयका समयअनुसार सोमबार बिहान साढे ६ बजेदेखि ७ बजेको अवधिमा विस्फोटहरु भएको विस्फोट हुनुभन्दा केहि अगाडि हवाई आक्रमणका साइरन बजेका थिए ।

सहरका मेयर भिटाली क्लिटस्चोकाले राजधानीको केन्द्रीय सिभचेनकिभस्काई जिल्लामा विस्फोट भएको बताए । क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ ।एजेन्सी

 

याे पनि हेर्नुस्
Loading...