सुदूरपश्चिमका तीन जना प्रहरी निरीक्षक उत्कृष्ट कार्य गरे वापत सम्मानित

Nisharg hospital

३१ असोज, धनगढी । उत्कृष्ट कार्य गरे वापत सुदूरपश्चिम प्रदेशमा कार्यरत तीन जना प्रहरी निरीक्षकलाई सम्मान गरिएको छ ।

प्रहरी प्रशिक्षण स्थल बुडर डोटीका प्रमुख रणबहादुर चन्द, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिलबहादुर सिंह र विपद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक नरपती भट्टलाई सम्मान गरिएको हो ।

Navjiwan hospital adv

६७ औँ प्रहरी दिवसको अवसरमा धनगढीमा आयोजना गरिएको कार्यक्रममा प्रहरी निरीक्षक चन्दलाई नगद र प्रशंसा पत्रसहित तथा सिंह र भट्टलाई नगदसहित सम्मान गरिएको हो ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.रणबहादुर रावलले सम्मान गरेका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रीबाट प्रशंसा पत्र ग्रहण गर्दै प्रहरी निरीक्षक रणबहादुर चन्द
याे पनि हेर्नुस्
Loading...