
गुल्मी । गुल्मीमा माछा मारिरहेकी एक महिलालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । रेसुङ्गा नगरपालिका–१४ खोलाखेतस्थित छल्दीपनाहा खोलाले ती महिला बगाएको हो ।
पतिसँगै खोलामा माछा मारिरहेकी स्थानीय ५६ वर्षीया तुल्सी सूर्यवंशीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीयले खोजी गर्दा फेला नपरेपछि प्रहरीलाई खबर गरिएको थियो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय इन्द्रेगौडाबाट प्रहरी टोली खटिएर खोजी गरिरहेको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय गुल्मीबाट इन्स्पेक्टर सुदीप नेपालीको कमान्डमा थप १० जनाको टोलीसमेत घटनास्थलतर्फ गएको छ ।

