बाजुरा बुढिगंगाको मेयरमा दोब्बर मतले एमालेको अग्रता

spa1
Nisharg hospital
swostik

२५ असार, धनगढी । बाजुराको बुढिगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेले दोब्बर मतले अग्रता कायमै राखेको छ । कुल खसेको मध्ये ४७६३ मतको गणना सकिदा मेयरका उम्मेदवार रामबहादुर बानियाँले २ हजार ९२५ मतसहित अग्रता कायम राखेका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रङ्गबहादुर खातीले १ हजार ५६९मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि एमालेको अग्रता कायमै छ । उपमेयरकी उम्मेदवार मायाकुमारी खड्का कुँवरले २ हजार ८६६ मत पाएकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी रिता शाहीले १ हजार ६२३ हजार मत ल्याएकी छन् । त्यहाँ गण्ना सकिएका चार वडामा प्यानलसहित एमालेले जितेको छ। अहिले वडा नम्बर ८ र ३ को गणना जारी छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...