धनगढीको बीच सडकमै पूर्व प्रहरीसहित युवकमाथि कुटपिट, ३ जना घाइते

Nisharg hospital

३१ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा नेपाल प्रहरीका पूर्व अधिकृत र उनका छोरामाथि बीच बजारमै कुटपिट गरिएको छ । सोमबार साँझ करीब ७ बजेतिर धनगढी उपमहानगरपालिका १ को कैलालीपुल नजिकै उनीहरुमाथि कुटपिट भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पूर्व प्रहरी नायब निरीक्षकसमेत रहेका ५५ वर्षीय तोपेन्द्र बहादुर सिजाली र उनका २८ वर्षीय छोरा जितेन्द्र बहादुर सिजालीमाथि कुटपिट गरिएको छ ।

Dhangadhi suchana

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय दिपक खड्का र डोटी केआइसिंह गाउँपालिका वडा नम्बर ६ घर भएर धनगढी बस्दै आएका २८ वर्षीय गणेश खड्काले उनीहरुमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार कुटपिटमा परेका तोपेन्द्रको टाउकोमा र जितेन्द्रको भित्री शरीरमा चोट लागेको छ भने उनीहरुको सेती अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिटमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिइएका कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको छ । कुटपिट गरेको देख्ने दुई महिला बेहोस भएका छन् । धनगढी उपमहानगरपालिका ३ विशालनगर बस्ने बर्ष २० वर्षीया सुर्जा श्रीमाल र २० वर्षकै पुजा श्रीमाल बेहोस भएपछि नवजीवन अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...