महिला कुस्तीमा सुदूरपश्चिम प्रदेशलाई ५ स्वर्ण

Nisharg hospital

१ कार्तिक, धनगढी । महिला कुस्तीमा सुदूरपश्चिम प्रदेशले पाँच स्वर्ण पदक जितेको छ।

Dhangadhi suchana

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको प्रतियोगितामा सुदूरपश्चिमले एक रजत र एक कांस्य पदक प्राप्त गर्दा सेनाले तीन रजत र दुई कांस्य पदक प्राप्त गरेको छ ।

सुदूरपश्चिमबाट महिला कुस्तीतर्फ ५० किलो तौल समूहमा दमन्ती बोहरा, ५३ किलो तौल समूहमा मनीषा सिंह, ५५ किलो तौल समूहमा संगीता धामी, ५९ किलो तौल समूहमा कोमल खत्री र ७२ किलो तौल समूहमा हेमा भट्टले स्वर्ण पदक प्राप्त गरेका हुन ।

त्यसैगरी, नेपाली सेनाबाट ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक प्राप्त गरे ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...