धनगढीमा पनि राेयल इनफिल्डकाे नयाँ माेडेलकाे माेटरसाइकल बिक्री सुरू

cp new add
Nisharg hospital

धनगढी । रोयल एनफिल्डले नेपालमा नयाँ २०२५ मेटिओर ३५० लाइनअप सार्वजनिक गर्दै सुदूरपश्चिममा पनि यसको बिक्री औपचारिक रूपमा सुरु भएको घोषणा गरेको छ। धनगढीस्थित भुमी अटो हव प्रालिले आजदेखि बिक्री सुरु गरेको जनाएको छ।

Telecome

नयाँ मेटिओर ३५० चार भेरियन्ट फायरबल, स्टेलर, आरोरा र सुपरनोभा तथा सात नयाँ रङ विकल्प सहित उपलब्ध छ। सबै मोडेलमा एलईडी हेडलाम्प, उन्नत फिनिश र ३४९ सिसी जे सिरिज इन्जिन जडान गरिएको छ, जसले २०.२ बिएचपि र २७ एनएम टर्क प्रदान गर्छ।

यसको मूल्य रु ५,७७,००० बाट सुरु हुन्छ। राइडरहरूका लागि Urban र Grand Tourer नामक दुई नयाँ GMA किटहरू पनि उपलब्ध छन्।

रोयल एनफिल्डले सबै मोडेलमा ७ वर्षसम्मको विस्तारित वारेन्टी र रोडसाइड असिस्टेन्स सुविधा पनि सुरु गरेको छ।

अब सुदूरपश्चिमका ग्राहकहरूले नयाँ मेटिओर ३५० प्रत्यक्ष रूपमा धनगढीमै अवलोकन, टेस्ट–राइड र बुकिङ गर्न सक्ने भुमी अटो हवका संचालक डिल्लीराज उपाध्यायले जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...