महिला ज्याभ्लिन थ्रोमा चन्द्रकलालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

Nisharg hospital

२ कार्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला ज्याभ्लिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।

Dhangadhi suchana

उनले बुधबार ४७.६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । चन्द्रकलाले सटपुटमा पनि स्वर्ण जितेकी थिइन् ।

यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो । उनले २०१९ को १३ औं सागमा ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् ।

पोखरामा लक्ष्मीले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन् । एपीएफकी सीमाकुमारी थारु ४५.२० मिटर थ्रो गरेर कांस्य पदक जितिन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...