राजनीतिक गतिविधिमा संलग्न शिक्षकमाथिको कारबाहीमा महासङ्घको समर्थन

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सरकारले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न दिएको निर्देशनलाई कार्यान्वयन गर्नुपर्ने बताएको छ ।

महासङ्घका महासचिव तुलबहादुर थापामगरले राजनीतिक गतिविधिमा कुनै पनि शिक्षक प्रत्यक्ष संलग्न हुनु राम्रो नभएको बताए । उनले भने– ‘प्रत्यक्ष संलग्नता देखिनु राम्रो होइन । वर्तमान परिस्थितिलाई ध्यानमा राख्नुपर्‍यो । ’

शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक हुन थालेपछि शिक्षामन्त्री सस्मित पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी बढाउन र त्यस्तो गतिविधिमा संलग्न पाइए कारबाही गर्न निर्देशन दिएका थिए ।

यस्तै, विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइसकेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...