एनपीएल : पोखराले टस जितेर काठमान्डुविरुद्ध बलिङ गर्दै

cp new add
Nisharg hospital
suchana

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

पोखराले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । काठमान्डुले एक परिवर्तन गरेको छ । आई एल टी-२० खेल्न दुबई फर्किएका जेरार्ड एरासमसको स्थानमा सन्नी पटेल खेल्दै छन् ।

५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको पोखराका लागि यो खेल बढी महत्वपूर्ण हुनेछ । आजको खेलमा जित हासिल गरेर अन्तिम खेल पनि जित्न सके पोखराको प्लेअफ सम्भावना बलियो बन्ने छ ।

पोखरा पराजित भएमा भने अधिकतम ६ अंकसम्म मात्र पुग्न सक्छ जसले प्लेअफको सम्भावना कमजोर बनाउने छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...