

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलेले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ (फिल्डिङ) गर्दै छ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन् ।
लिग चरणबाट सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेपछि पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् । आजको विजेता टोली फाइनल प्रवेश गर्नेछ ।

