धनगढीका पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन माग

cp new add
Nisharg hospital

काठमाडौं । नेपाल पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।

Telecome

महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी पत्रकार चन्दमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।

‘कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। पत्रकारमाथि भएको अमर्यादित व्यवहारप्रति महासंघ निन्दा र भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘ यो घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ विशेष कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ।’

मंसिर २७ गते शनिबार दुई जना अपरिचत युवाले नयाँ सन्देश अनलाइनका सम्पादक चन्दलाई गलत नियतले पछाडिबाट धकेलेको थियो। उक्त घटनाप्रति पत्रकार महासंघ कैलाली शाखाले आपत्ति जनाएको थियो ।

शाखाले उक्त घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन पत्रकार महासंघको केन्द्रीय समितिलाई जानकारी गराएको थियो। दुई जना अपरिचित युवाले गरेको उक्त हर्कत भिडियोमा स्पष्ट देखिएको शाखाको भनाइ छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...