महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली विश्वकपमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् ।

Nast Ad

नेपाल क्रिकेट संघ क्यानले मंगलबार आयोजना गरेको प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली टोलीलाई यसअघि विपक्षीका रूपमा पनि राम्रोसँग हेरेको बताउँदै विश्वकपमा छनोट हुने बताएका हुन् ।

‘यहाँको क्रिकेट वातावरण पनि राम्रो छ, मैले विपक्षीको रूपमा पनि हेरेको छु, टोलीमा राम्रो गर्न सक्ने क्षमता पनि छ । विश्वकपमा छनोट हुने सम्भावना राम्रो नै देखेको छु’, उनले भने, ‘हामी कस्तो योजना बनाउँछौं त्यसलाई कार्यान्वयन पनि गर्न सक्यौं भने अवश्य राम्रो हुनेछ ।’

पाठकले नेपालको कन्डिशन राम्रो क्रिकेट खेल्नेका लागि उत्कृष्ट रहेको समेत बताए । ‘यहाँको कन्डिशन राम्रो प्रदर्शन गर्न सक्नेका लागि उत्कृष्ट लागेको छ, खेलका क्रममा जसले फाइदा उठाउन सक्छ उसैले जित निकाल्ने छ’, उनले भने ।

पाठक हालका लागि दुई वर्षको सम्झौतामा रहेको जनरल म्यानेजर विनोद दासले जानकारी दिए । नेपाल क्रिकेट संघ क्यानले आसन्न आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरेर पहिलोपटक विदेशी मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...