बैतडीमा बागी उम्मेदवारलाई सघाउन कांग्रेसका वडा सभापतिले दिए राजीनामा

cp new add
Nisharg hospital

३ कात्तिक, धनगढी । बैतडीमा बागी उम्मेदवारलाई सघाउने भन्दै नेपाली कांग्रेसका वडा सभापतिले पदबाट राजीनामा दिएका छन् । डिलाशैनी गाउँपालिका–३ का वडा सभापति सोपानसिंह बोहराले पदबाट राजिनामा दिएका हुन् ।

Nast Ad

बोहराले प्रदेशसभा (१) मा काग्रेसबाट बागी उठेर स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारीलाई सहयोग गर्ने भन्दै बोहराले बुधबार सभापतिबाट राजीनामा दिएका हुन् ।

कार्यकर्ताले भण्डारीलाई रुचाएको र डिलाशैनीमा समेत हरिमोहन भण्डारीको पक्षमा कार्यकर्ता रहेकोले आफुले भण्डारीलाई चुनावमा सहयोग गर्ने भन्दै राजिनामा दिएको बताएका छन् ।

‘यहाँ सबै कार्यकर्ताको भावना भण्डारीलाई नै जिताउने छ । त्यसैले उहाँलाई सघाउन मैले पनि पदबाट राजिनामा दिएको हुँ, ’ उनले भने । भण्डारीले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । जिल्लाको पाटन नगरपालिका र पुर्चाैडी नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गरेर निर्वाचन परिचालन कमिटि पनि गठन गरेका छन् ।

पुर्चाैडीमा ३० सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको भण्डारीकै पक्षमा रहेको कांग्रेस नेता रमेश कोलीले बताए । भण्डारी यो क्षेत्रमा बलियो दाबेदार भएको उनको दाबी छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...