कैलालीमा लागुऔषधसहित युवक पक्राउ

cp new add
Nisharg hospital

४ कात्तिक, धनगढी । कैलालीमा लागुऔषधसहित युवक पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालीका–९ बाट लागुऔषधसहित सोही ठाउँका २५ वर्षीय खगेन्द्र बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Nast Ad

जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले जिल्ला र वडा प्रहरी कार्यालय धनगढीको टोलीले चेकजाँचका क्रममा बोहरालाई पक्राउ गरेको जानकारी दिए ।

उनको साथबाट २५ ग्राम हिरोईन बरामद गरिएको छ भने निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...