दाजुले भीरबाट धकेलेर भाइको ज्यान गयो

cp new add
Nisharg hospital

४ कात्तिक, बुटवल । अर्घाखाँचीमा एक वृद्धले भीरबाट धकेलेर आफ्नै भाइको हत्या गरेका छन् ।

Nast Ad

भूमिकास्थान नगरपालिका १ खलाधाराको भीरबाट ७४ वर्षीय दाजु हिम बहादुर गमालले धकेलिदिंदा सोही ठाउँका ७० वर्षीय भाइ वीर बहादुर गमालको मृत्यु भएको हो ।

हिम बहादुर गमालले कात्तिक २ गते बेलुकी अन्दाजी ७ बजे वडा नं ४ धापानीस्थित एक बैंकबाट बृद्ध भत्ता बुझेर फर्किरहेका बेला हिंड्दै गर्दा लेनदेको विवादपछि भीरबाट धकेलेका थिए ।

अनुसन्धानका क्रममा दाजुभाइबीच लेनदेनको विषयमा विवाद भएको र दाजुले धकेलिदिंदा भीरबाट खसेर भाइको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

भीरबाट लडेर मृत्यु भएका गमालको शव बिहीबार फेला परेको थियो ।

घटनामा दाजु हिम बहादुर दोषी पाइएपछि उनलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...