
४ कात्तिक, धनगढी । कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–९ को शेरीबाट २५ ग्राम खैरो हेरोइनसहित सोही ठाउँका खगेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको भने धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट ४ ग्राम ५ सय मिलिग्राम हेरोइनसहित गोदावरी नगरपालिका–२ बस्ने २३ वर्षीय समिर विकसमेत थप तीन जना पनि पक्राउ परेका हुन् ।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

