कैलालीमा बसको ठक्करपछि अस्ताएका प्रहरी हवलदार जैसी, डिउटीमै थिए

cp new add
Nisharg hospital

४ कात्तिक, धनगढी । इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवलदार नेत्रप्रसाद जैशीको दुःखद निधन भएको छ ।

लम्कीचुहा नगरपालिका स्थायी घर भएका ३७ वर्षीय जैशी सवार से १ ब २१६ नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम राजमार्गमा ना ६ ख ७४५९ नम्बरको बसले पछाडीबाट ठक्कर दिदा उनी गम्भीर घाइते भए ।

उपचारका लागि लम्कीको लालरत्न अस्पतालमा पुगाइएका उनलाई उपचार सम्भव नभएपछि टीकापुर अस्पताल लगियो तर चिकित्सकले आफन्तसँग क्षमा माग्दै जैशीले प्राण त्यागेको दुःखद खबर सुनाए ।

कार्यालयबाट नियमित जस्तै सूचना संकलनका लागि खटिएका बेला कार्य क्षेत्रमै उनको देहावसान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जैसी कार्यालयबाट डिउटीमा खटिएको छ ।

उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक धनगढी उपमहानगरपालिकाका ज्यातीसिंह चौधरीलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...