कर्ण मल्ल भन्छन्–प्रधानमन्त्री देउवाले लिङ्ग परिवर्तन बाहेक सबै गरे

cp new add
Nisharg hospital

५ कात्तिक, धनगढी । डडेल्धुराबाट कांग्रेस(बिपी) बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कर्ण मल्लले प्रधानमन्त्री शेरबहादुर देउवामाथि अशोभनीय टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवासँगै प्रतिस्पर्धा गरिरहेका मल्लले उनले लिङ्ग परिवर्तनबाहेक सबैथोक गरेको आरोप लगाएका छन् ।

रातोपाटीमा लेखिएको ‘डडेल्धुरामा देउवा निर्विकल्प उम्मेदवार बनेकै हुन् ?’ शिर्षकको समाचारमा मल्लले यस्तो प्रतिक्रिया दिएको उल्लेख छ । ‘स्थानीय निर्वाचनमा देउवाले लोग्ने मानिसलाई स्वास्नी मानिस र स्वास्नी मानिसलाई लोग्ने मानिस बनाउनेबाहेक सबै गरिदिन्छु भनेर लाग्नु भयो । मतदाताको टाउकोको मूल्य तोकियो,’ मल्लको भनाई उदृत गर्दै रातोपाटीले लेखेको छ, ‘निर्वाचन एजेन्ट र प्रहरी प्रशासनमार्फत मतदातालाई पैसाको प्रभावमा पार्नुभयो । त्यसैको परिणति हो, त्यो परिणाम हो । अब त्यो आउँदैन ।’

उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरेका छन् । प्रतिनिधिसभा निर्वाचन र स्थानीय तह निर्वाचन फरक हुने भन्दै उनले मुलुक र जनताको हक हितका लागि देउवालाई रोक्न आफू उम्मेदवार बनेको उनको भनाइ छ ।

‘म निरन्तर ३२÷३३ वर्षदेखि जनतामाझ छु । यहाँको जनताको समस्या समाधानका लागि संघर्षरत छु । तर सम्मानीय प्रधानमन्त्रीज्यूले यहाँका जनतालाई ढाँट्दै आउनु भएको छ । उहाँ ६ पटक जित्दै गर्दा, ५ पटक प्रधानमन्त्री हुँदै गर्दा यहाँ शिक्षा, स्वास्थ्यको अवस्था, बाटोघाटोका अवस्था, खानेपानीको अवस्था विकराल छ, जर्जर छ’, उनले भनेका छन्, ‘अब यहाँका जनताले सातौं पटक उहाँलाई मत दिएर मुलुकलाई दुर्दशामा धकेल्नु हुन्न । मुलुकको दुर्दशा हुनबाट रोक्नका लागि पनि यहाँका जनताले मलाई यसपटक विश्वास गर्नेमा म विश्वास्त छु ।’

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...