ओलीको आरोप- देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछ

cp new add
Nisharg hospital
suchana

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले दोबाटोमा उभिएको टिप्पणी गरेका छन् ।

राजधानीमा आसन्न निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आहिले भत्काउने र बनाउने दुई सोचबीचक द्वन्द्व जारी रहेको बताएका हुन् ।

‘आज देश यस्तो दोबाटोमा उभिएको छ । जहाँ एकातिर आवेग र आक्रोश छ । अर्कोतिर विवेक र जिम्मेवारी छ,’ ओलीले भनेका छन्, ‘भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ ।’

यतिबेला देश प्रश्नैप्रश्नको घेरामा भएको ओलीको भनाइ छ । ‘निर्वाचनको केही साताअघि हाम्रा प्रतिवद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ सिंगो समाज प्रश्नैप्रश्नहरूको घेरामा छ,’ ओलीले भने ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...