

धनगढी । कञ्चनपुरमा लागूऔषध सम्बन्धी मुद्दा मिलाइदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–३ बस्ने डम्बरबहादुुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले बताए ।
उनकाअनुसार कुुँवरलाई मंगलबार पक्राउ गरिएको हो । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल क्रान्तिकारीका कञ्चनपुर इन्चार्ज समेत रहेका कुँवरले लागूऔषध सम्बन्धी मुुद्दा मिलाइदिने भन्दै २० हजार रुपैयाँ लिएको डीएसपी शाहीले बताए ।
लागूऔषध सम्बन्धी मुद्दा मिलाउने भन्दै २० हजार असुुली गरेको भन्दै वेदकोट नगरपालिका–८ बस्ने देवकी कार्कीले कुँवरविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । सोही आधारमा उनलाई पक्राउ गरेर अपराधिक लाभ लिन नहुने कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको डीएसपी शाहीले बताए ।

