

काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि उकालो लागेको छ । सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको सुन आज मंगलबार पनि २ हजार ५ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजो सोमबार सुन तोलामा ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी मंगलबार चाँदी भने घटेको छ । हिजो सोमबार ३५ रुपैयाँ बढेको चाँदी आज २ सय ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८ सय १५ रुपैयाँ कायम छ ।

