हेमन्ता भट्टराईको ‘मामा घर’ बोलको गीत सार्वजनिक

Seti
arth ok

२९ असार, धनगढी । चर्चित गायिका हेमन्ता भट्टराईको तीज विशेष गीत सार्वजनिक भएको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भट्टाईले ‘मामा घर’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

Nisharg hospital

उक्त गीतमा हेमन्ता भट्टराई ,बाल गायक सुप्रीम मल्ल ठकुरी र प्रियंका शर्माले स्वर दिएका छन् । गीतमा शब्द, संगीत गायिका भट्टराईकै रहेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै विशुद्ध मनोरञ्जन तथा मौलिक संस्कार झल्किने गरेर गीत रचना गरिएको गायिका भट्टराईको भनाइ छ ।

सुदूरपश्चिमको मौलीक कला, संस्कृति झल्किने उक्त गीतको म्युजिक भिडियोमा कल्पना ढुंगाना,झरना बोहरा, अनु खड्का, कविता खड्का, कोपिला सिंह, प्रियंका कुँवर, पुष्प बडैला र लक्ष्मी आशिक लगायतले नृत्य तथा अभिनय गरेका छन् । यो गीत गायिका भट्टराईको हेमन्ता भट्टराई युटुब चाइनलमा सार्वजनिक गरिएको छ ।

HPV

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...