धनगढीमा २६ मंसिरमा गुुञ्जिदै प्रमोद खरेलको ‘परम्परा’ ब्याण्ड

cp new add
Nisharg hospital
suchana

धनगढी । लोकप्रिय गायक प्रमोद खरेलले आफ्नो चर्चित ब्याण्ड ‘परम्परा’का साथ पहिलो पटक सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कन्सर्ट गर्ने भएका छन्।

‘परम्परा’ ब्याण्डको बढ्दो मागलाई मध्यनजर गर्दै धनगढीका दर्शकको लामो प्रतीक्षालाई अन्त्य गर्न खरेल टिम आउँदो मंसिर २६ गते शुक्रबार त्यहाँ पुग्ने भएको हो। पछिल्लो समय देश तथा विदेशका विभिन्न सांगीतिक मञ्चहरूमा ‘परम्परा’ ब्याण्डको डिमाण्ड ९माग० ह्वात्तै बढेको छ। उत्कृष्ट सांगीतिक प्रस्तुति र आकर्षक मञ्च व्यवस्थापनका कारण ब्याण्डले दर्शकको मन जितिरहेको छ।

ब्याण्डका प्रमुख भोकलिस्ट प्रमोद खरेलले आफ्नो सोलो करियरसँगै पछिल्लो समय ब्याण्डलाई नै सक्रिए रुपमा अगाडी बढाइरहेका छन्। उनले ‘परम्परा’ मार्फत आफ्ना पुराना र नयाँ दुवै हिट गीतहरूलाई भिन्नै शैलीमा दर्शकमाझ पस्किँदै आएका छन्।

धनगढीको यो पहिलो प्रस्तुतिलाई ब्याण्ड र आयोजक दुवैले विशेष महत्वका साथ हेरेका छन्।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...