कञ्चनपुरमा १७ वर्षदेखि फरार बलात्कार मुद्दाका  प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । कञ्चनपुरमा १७ वर्षदेखि फरार जबरजस्तीकरणी सम्बन्धी मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२, अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना रहेको प्रहरीले जनाएको छ ।

tourism

रानालाई जिल्ला अदालतले २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दाेषी ठहर गर्दै  ३ वर्ष कैद सजाय सुनाइएकाे थियोे । तर उनी त्यहीँ बेला देखि फरार थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...