बझाङमा दुई दिनदेखि बेपत्ता युवक मृत भेटिए

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । बझाङमा दुई दिनदेखि बेपत्ता युवक मृत भेटिएका छन् । बित्थडचिर गाउँपालिका–५, धामीगाउँ चिल्लापानीमा ३५ वर्षीय किशन धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक बिष्टले घरबाट हराएका धामी घर नजिकै भीरमा खसेको अवस्थामा मृत भेटिएको बताए ।

tourism

घटनास्थल कार्य सकेर उनको शव परीक्षणमा लागि जिल्ला अस्पतालमा राखिएको उनले बताए । उनको मृत्युको कारण खुल्न भने खुलेको छैन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...