

कञ्चनपुर । बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना तोकिएका कञ्चनपुरका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्।
फैसला कार्यान्वयनको क्रममा जिल्ला अदालतको २०५२ असार ७ गतेको फैसलाले १ महिना कैद सजाय र १ हजार रुपैयाँ जरिवाना तोकिएका बेलडाँडी गाउँपालिका–३ खैरिघाटका ५८ वर्षीय शोभान सिंह खड्का पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका खड्काविरुद्ध बहुविवाह मुद्दामा लामो समयदेखि फैसला कार्यान्वयन हुन बाँकी रहेको थियो। उनलाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

