ठमेलको एलओडी क्लब ४ स्थान सुधार गर्दै विश्वकै ४० औँ स्थानमा पुग्याे

cp new add
Nisharg hospital
Ban Mantralye

काठमाडौं । ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको सूचीमा ४०औँ स्थानमा पर्न सफल भएको छ ।

बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ले सार्वजनिक गर्ने ‘टप १०० क्लब’ सूचीमा एलओडीले उल्लेखनीय प्रगति गर्दै यस वर्ष चार स्थान सुधार गरेको हो।सन् २०२५ मा ४४औँ स्थानमा रहेको एलओडी क्लब यसपटक ४०औँ स्थानमा उक्लिएको छ । यसअघि क्लबले सन् २०२२ मा ५२औँ, २०२३ मा ४९औँ र २०२४ मा ५०औँ स्थान हासिल गरेको थियो ।

tourism

हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई सार्वजनिक गरिने यो सूचीमा यसपटक विश्वभरका पाँच सयभन्दा बढी क्लब सहभागी भएका थिए।

एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धि केवल क्लबको मात्र नभई देशकै गौरव भएको बताए ।

उनले टीमवर्क, रचनात्मकता र उच्चस्तरीय सेवाका कारण क्लबले निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्य रहेको बताए।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...