धनगढीमा गणकाे छतबाट खसेर प्रहरीका कार्यालय सहयाेगीकाे मृत्यु

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीकाे मेसकाे छतबाट खसेका भान्छेकाे मृत्युु भएको छ ।

सरसफाइ गर्ने क्रममा बिहीबार गणकाे मेसकाे माथिल्लो तला(छत) बाट खसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भएका २७ वर्षीय प्रहरी कार्यालय सहयोगी अजय चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

tourism

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले बिहीबार बिहान ८  बजेतिर  मेशको भान्साको माथिल्लो तलाकाे छतमा सरसफाइ गर्ने क्रममा खसेर बेहोस भएका चाैधरीकाे शुक्रबार मृत्यु भएको बताए ।

चाैधरीकाे  सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियोे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...