कर्णाली नदीमा डुंगा पल्टिँदा बुवाछोरा बेपत्ता

cp new add
Nisharg hospital
Ban Mantralye

कर्णाली नदीमा डुंगा पल्टिँदा बुवाछोरा बेपत्ता भएका छन्। अछामको तुर्माखाँद गाउँपालिका–३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार उनीहरू कर्णालीपारी सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वन क्षेत्रबाट घाँस काटेर फर्किने क्रममा दुर्घटनामा परेका थिए। सोही क्रममा डुंगा पल्टिँदा दुवै जना नदीमा बेपत्ता भएका हुन्।

tourism

घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा खोजी कार्य जारी राखेको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...