बैतडीमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, चालक घाइते

cp new add
Nisharg hospital
Ban Mantralye

बैतडी । बैतडीको सिगास गाउँपालिका–८ लुपुणस्थित सानिगाडा खोला नजिक ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

सु.प.प्र. ०१–००१ प १३८४ नम्बरको ट्र्याक्टर सडकबाट करिब ३०० मिटर तल खस्दा स्थानीय २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

tourism

दुर्घटनामा ट्र्याक्टर चालक ३५ वर्षीय दान बहादुर धामी घाइते भएका छन्। उनको उपचार भइरहेको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडी ले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...