मानव बेचबिखन र अपाङ्गता अधिकार ऐन संशोधनमा सुझाव माग

cp new add
Nisharg hospital
Ban Mantralye

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ले दुई महत्वपूर्ण ऐन संशोधनका मस्यौदामा सुझाव माग गर्दै सार्वजनिक आह्वान गरेको छ।

मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेका विधेयकहरूको मस्यौदा सार्वजनिक गरेको हो। जारी सूचनाअनुसार, यी ऐनहरूलाई समयानुकूल र अझ प्रभावकारी बनाउन विभिन्न नयाँ प्रावधानहरू समावेश गरिएको छ। सरोकारवालाहरूबाट राय, सुझाव तथा प्रतिक्रिया संकलन गर्ने उद्देश्यले मस्यौदा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले इच्छुक नागरिक, विज्ञ, संघ–संस्था तथा सरोकार भएका सबै पक्षलाई यही साताभित्र आफ्नो सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

यस पहलले कानुनी संरचना सुधार र कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...