

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार उनलाई पक्राउ गरेको हो ।
सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छालाई पक्राउ गरेको पुष्टि गरे । उनले नेपाल प्रेससँग भने, ‘शेखर गोल्छालाई पक्राउ गरिएको छ । थप विवरण केही बेरमा सार्वजनिक गर्छौँ ।’

गोल्छा हिमालयन रि–इन्स्योरेन्सका निवर्तमान अध्यक्ष समेत हुन् ।
हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबारमा गोल्छा पनि तानिएका छन् ।
भट्टलाई गैरकानूनी काम गर्न सहयोग गर्ने व्यक्ति र संस्था भनेर शेखर गोल्छासहित हिमालयन रि९इन्स्यारेन्स लिमिटेड, हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड,नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र रोहित गुप्तालाई कारबाहीको दायरामा ल्याउन धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनले सिफारिस गरेको थियो ।

