कैलालीमा लागूऔषधसहित ८ जना पक्राउ

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलालीमा प्रहरीले लागूऔषध विरुद्ध सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा कुल ८ जनालाई पक्राउ गरेको छ भने खैरो हेरोइन तथा ब्राउनसुगर जस्तो देखिने झण्डै १३ ग्राम बढी पदार्थ बरामद गरिएको छ।

जिल्लाको गोदावरी नगरपालिका–४ स्थित डिएन रूद्र प्लाजा होटलबाट खैरो हेरोइन जस्तो देखिने २ सय ५० मिलिग्राम पदार्थसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–२ का २५ वर्षीय दिपक सुबेदी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ का २३ वर्षीय प्रकाश ठगुन्ना, सोही नगरपालिका–१० का २७ वर्षीय दिपक भट्ट र वडा नम्बर ११ का ३० वर्षीय अर्जुन ऐर रहेका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले होटल तलासीका क्रममा उक्त पदार्थ फेला पारेको हो।

त्यसैगरी धनगढी उपमहानगरपालिका–१३ श्रीलंका मुक्त कमैया टोलबाट ब्राउनसुगर जस्तो देखिने ११ ग्राम ३ सय ९० मिलिग्राम पदार्थसहित २ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा २६ वर्षीया आशा चौधरी र गोदावरी नगरपालिका–५ का ३० वर्षीय घुम्न राना रहेका छन्। प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले आशाको घर तलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो।

यस्तै टीकापुर नगरपालिका–१ बाट खैरो हेरोइन जस्तो देखिने १ ग्राम ४० मिलिग्राम पदार्थ र डिजिटल तराजु १ थानसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा १९ वर्षीय पवन नेपाली र २० वर्षीय निशान्त कार्की रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पवनको घरमा तलासी गर्दा उक्त पदार्थ बरामद गरेको जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...