कैलाली । जिल्लाको कैलारी गाउँपालिका–८ पूर्व टेडीमा गएराति आगलागी हुँदा एक राँगाको जलेर मृत्यु भएको छ।
स्थानीय सर्वण चौधरीको काठले बनेको दुई तले, दुई कोठे कच्ची गोठमा आगलागी भएको हो। आगलागीबाट गोठ पूर्ण रूपमा जलेर अन्दाजी ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।