डोटीको प्रसिद्ध बडीकेदार मन्दिरमा विशेष मेला लाग्दै

cp new add
Nisharg hospital
Ban Mantralye

डोटी । जिल्लाको प्रसिद्ध धार्मिकस्थल बडीकेदार मन्दिरमा यही वैशाख शुक्ल पक्षको तृतीया र चतुर्दशी ९वैशाख १६ र १७ गते० विशेष मेला लाग्ने भएको छ। शिवधामका रूपमा परिचित यस मन्दिरमा हरेक वर्ष हजारौँ भक्तजनको घुइँचो लाग्ने गर्छ।

स्थानीयका अनुसार यहाँ केदारनाथ बाबा को स्वरूपमा पूजा गर्ने परम्परा रहिआएको छ। विशेषगरी सन्तान प्राप्तिको कामना लिएर आउने श्रद्धालुले यहाँ पूजा गर्दा मनोकामना पूरा हुने विश्वास राख्छन्। यही आस्थाका कारण सुदूरपश्चिमका विभिन्न जिल्ला, कर्णाली प्रदेशको दैलेख तथा भारतका उत्तरप्रदेश र उत्तराखण्ड बाट समेत भक्तजन आउने गरेका छन्।

tourism

बडीकेदार क्षेत्रमा जेठ महिनाको मेलासँगै कात्तिक पूर्णिमा र महाशिवरात्रि का अवसरमा पनि ठूलो धार्मिक उत्सव लाग्ने गर्छ। ती अवसरमा विशेष पूजा, भजन–कीर्तन र दर्शनका लागि उल्लेख्य भीड लाग्ने गरेको छ।

बडीकेदार क्षेत्र पर्यटन विकास समितिका कार्यकारी अधिकृत गणेशराज जोशीका अनुसार यस वर्षको मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। मेलामा सहभागी हुने श्रद्धालुका लागि भण्डारा ९निःशुल्क भोजन० तथा बसोबासको व्यवस्था मिलाइएको उनले जानकारी दिए। साथै, यस कार्यमा सहयोग गर्न इच्छुक सबैलाई उनले आग्रहसमेत गरेका छन्।

कात्तिक महिनामा लाग्ने मेलामा भने दुई लाखभन्दा बढी श्रद्धालु सहभागी हुने गरेका छन्, जसले बडीकेदार क्षेत्र धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको संकेत गर्छ।

हाल मन्दिर क्षेत्रमा खाने–बस्ने तथा अन्य सुविधा पर्याप्त नभएकाले सुधारका काम अघि बढाइएको समितिले जनाएको छ। कार्यकारी अधिकृत जोशीका अनुसार श्रद्धालुलाई सहज सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापन विस्तारका योजना कार्यान्वयनमा छन्।

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको संगम बनेको बडीकेदार क्षेत्र डोटीको पहिचानका रूपमा क्रमशः स्थापित हुँदै गएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...