डडेल्धुरामा झाडापखाला लागेर बालकको मृत्यु

cp new add
Nisharg hospital
Ban Mantralye

डडेल्धुरा । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्र जोगबुडामा झाडापखालाका कारण सात वर्षीय एक बालकको मृत्यु भएको छ। अत्यधिक गर्मी पर्ने चुरे क्षेत्रअन्तर्गत परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोप देखिएसँगै बालकको ज्यान गएपछि परिवार शोकमा डुबेको छ।

एकै परिवारका चार जनालाई एक्कासि झाडापखाला लागेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा ७ वर्षीय युवराज बुढामगरको बाटोमै मृत्यु भएको हो।

जोगबुडा प्रादेशिक अस्पताल का सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। तीनै जना बालबालिकामा झाडापखाला देखिएको छ भने आमा अत्यधिक तनावका कारण प्रभावित भएको उनले जानकारी दिए।

उनीहरूमा हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। प्रारम्भिक रूपमा फुड पोइजनका कारण झाडापखाला र बान्ता भएको अनुमान गरिएको छ। हाल उपचाररत सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...