बाजुरामा स्काभेटर दुर्घटनामा युवक बेपत्ता

cp new add
Nisharg hospital
suchana

बाजुरा ।बाजुराको जगन्नाथ गाउँपालिकास्थित कर्णाली करिडोरअन्तर्गत लैफुडाँडामा आइतबार स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्।

सडक निर्माणका क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना हुँदा नरहरीनाथ गाउँपालिका–२ का १८ वर्षीय महेश रावल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार सडकका लागि बाटो खन्ने क्रममा स्काभेटर अचानक अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक र सहचालक भने सकुशल रहेका छन्। बेपत्ता भएका रावलको खोजीका लागि जगन्नाथ प्रहरीचौकी जुड्डी, इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको छ। साथै नेपाली सेनासँग समन्वय गरी खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

बाजुरा–कालीकोट सीमामा पर्ने लैफुडाँडामा सडक निर्माणका लागि स्काभेटर ९डोजर० प्रयोग गरिएको थियो।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...