१३७ केजी गाँजासहित दुई जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनुषामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाका आधारमा डिएसपी गणेशबहादुर बमको कमान्डमा खटिएको टोलीले मुसहर्निया गाउँपालिका–६ लक्ष्मिनियाँ क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट पाँच बोरामा राखिएको १३७ केजी गाँजा बरामद गरेको जनाएको छ। साथै घटनास्थलबाट बीआर ३२ डी ५८८२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा स्थानीय २६ वर्षीय गणेश कुमार यादव र २४ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन्। दुवैलाई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साथै घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...