सरकारले भन्यो- इन्धनको मूल्य घटाउन सकिँदैन

cp new add
Nisharg hospital
suchana

सरकारले पेट्रोलियम पदार्थसहित इन्धनको मूल्य तत्काल घटाउन नसकिने स्पष्ट पारेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले निर्धारण गरेको मूल्यअनुसार नै इन्धन खरिद गर्नुपर्ने भएकाले मूल्य घटाउने अवस्था नरहेको बताएका हुन्।

मंगलबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर इन्धनको मूल्य समायोजन गर्नुपरेको उल्लेख गरे।

उपभोक्ताहरूले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारमाथि दबाब दिइरहेका बेला सचिव राउतले खाना पकाउने ग्यास र पेट्रोलजस्ता वस्तुमा अझै पनि सरकार घाटामा रहेको दाबी गरे।

उनका अनुसार पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गरिएमा हालको भन्दा इन्धनको मूल्य अझै बढी हुन सक्ने अवस्था छ। उपभोक्तालाई थप भार नपरोस् भनेर सरकारले पूर्ण स्वचालित मूल्य प्रणाली लागू नगरी मूल्य केही हदसम्म नियन्त्रणमा राख्दै आएको उनले बताए।

‘महँगोमा खरिद गरेर सस्तोमा बिक्री गर्दा पहिलेको सञ्चित मुनाफा समेत सकिएको छ,’ उनले भने, ‘पूर्ण स्वचालित प्रणालीमा जाँदा मूल्य अझै माथि जान्छ, त्यसैले सरकारले केही नियन्त्रण गरेर मूल्य निर्धारण गरिरहेको छ।’

सचिव राउतले नेपाल आयल निगम हाल नाफामा नरहेकाले त्यहाँका कर्मचारीलाई बोनस दिने अवस्था पनि नरहेको स्पष्ट पारे।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...