

धनगढी । कैलालीमा अनलाइनमार्फत गेम खेलाउने भन्दै लाखौँ रकम ठगी गरेको प्रकरणमा पक्राउ परेका मेयरका छोरासहितलाई सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनलाइन गेम खेलाएर ठगी गरेको आरोपमा गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टका छोरा प्रशान्त भट्ट, गोदावरीकै सुवास भाट र बैतडीको दशरथचन्द नगरपालिकाकी देवकी पाण्डेलाई पक्राउ गरेको थियो ।
अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलको कार्यालयमा फाइल पेश गरेको थियो । तर सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गर्दै पक्राउ परेका तीनै जनालाई छाड्न प्रहरीलाई निर्देशन दिएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गर्दै थुुनामुुक्त गर्न निर्देशन दिएपछि उनीहरुलाई मंगलबार छाडिएको बताए । उनकाअनुसा मेयर भट्टका छोरा प्रशान्तलाई दुई दिनअघि मात्रै नियन्त्रणमा लिइएको थियो ।
छोरा पक्राउ पर्नुअघिदेखि जिप्रका आउजाउ बाक्लो बनाएका मेयर भट्टले प्रहरी मार्फत द्रुत गतिमा मुद्दा अघि बढाएको बताइन्छ । अनलाइन गेम खेलाउने भन्दै ठगीमा परेपछि कञ्चनपुरको वेदकोटकी सरस्वती भट्टले गोदावरीका सुवास भाटविरुद्ध मुद्दा दिएकी थिइन् ।
भाट पक्राउ परेपछि ठगीमा मेयर पुत्रको कनेक्सन देखिएको थियो । त्यसपछि प्रहरीले मेयर पुत्रविरुद्ध पक्राउ पुुर्जी लिएको थियो । यो प्रकरणमा ठूलो गिरोह संलग्न रहदै लाखौँको ठगी भएपनि प्रहरी र सरकारी वकिल कार्यालयले समान्य रुपमा लिएर मुद्दा नचलाउने निर्णय लिएर आरोपीलाई छाडेको छ ।
सम्बन्धीत समाचार पनि पढ्नुहोस
कैलालीमा मेयरका छोराको ठगी ‘कनेक्सन’ :अर्कैको क्यूआरमा यसरी माग्थे पैँसा
गोदावरीका मेयरका छोराको नाममा पक्राउ पूर्जी जारी, अन्य को-को परे ?
कैलालीमा अनलाइन गेममार्फत ठगी गर्ने युवक पक्राउ, अत्तरियाका पहुँचवालाको पनि ‘कनेक्सन’

