

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गरेको छ ।
गत वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले रिक्त ७ पदमा एसएसपी बढुवाका लागि सिफारिस गरेको थियो ।
बढुवा समितिको सिफारिसअनुसार गृह मन्त्रालयले उनीहरूलाई एसपीबाट एसएसपीमा बढुवा गरेको हो ।
बढुवा हुनेमा दीपककुमार थापा, सुधीर सुबेदी, महेश केसी, प्रकाशकुमार सुबेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्की रहेका छन् ।
यसअघि आजै गृह मन्त्रालयले सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई नायव महानिरीक्षक ९डीआईजी० मा बढुवा गरेको छ ।
गत वैशाख ११ गते बसेको बढुवा समिति बैठककै सिफारिसका आधारमा ६ जना एसएसपी डीआईजीमा बढुवा भएका छन् ।
बढुवा भएका सबैलाई सोमबार सशस्त्र प्रहरीको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिने छ ।
उनीहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले फुली लगाइदिने भएका छन् ।

