गाेदावरीका मेयर भट्ट मध्यरात दुर्घटना भएको सरकारी गाडी छाड्न प्रहरीलाई दबाब दिदै, बिहानै चाैकीमा चालक पठाए



धनगढी । कैलालीको गाेदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले चलाएकाे सरकारी गाडी दुर्घटना भएको छ ।
शनिबार राति माेहनापुल अत्तरिया ६ लेन सडकखण्डस्थित धनगढी उपमहानगरपालिकाकाे गेटामा उनले चलाएकाे सुपप्र०१००१ झ ६०१ नम्बरकाे गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गाडी दुर्घटनामा परेको अवस्थामा स्थानीयले देखेपछि मेयर प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यले दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको बताए ।
उनकाअनुसार गाडीलाई प्रहरी चाैकी कैलाली गाउँमा राखिएको छ । भट्टले मदिरा सेवन गरेर गाडी चलाएकाे हुनसक्ने आशंका गरिएपनि प्रहरीले राति मापसे परीक्षण गरेकाे छैन् ।
अन्य कुनै क्षति नभएका कारण मेयर भट्ट तत्काल आफन्तसँग घर भएकाले मापसे परीक्षण गर्न नसकिएको प्रहरीले जनाएको छ ।
अहिले त्यसबारे थप अनुसन्धान थालिएकाे प्रहरी निरीक्षक आचार्यले बताए । मेयर भट्टले गाडी बुझ्न बिहानै प्रहरी चाैकीमा चालक अनिल शाहलाई पठाएका थिए ।
तर, अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले तत्काल गाडी नदिइएकाे जनाएकाे छ ।
